बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडाैं – जर्मनीमा भीषण वर्षाको कारण बाढी आउँदा कम्तीमा ८० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । बाढीबाट जर्मनीको राइनल्यान्ड-प्लाटिनेट र उत्तरी राइन-वेस्टफेलिया प्रान्त बढी प्रभावित भएको छ ।

अहिले पश्चिम युरोपका विभिन्न देशमा भीषण वर्षा भइरहेको छ । बेल्जियममा पनि बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीहरूले भने जलवायु परिवर्तनका कारण बाढी आएकाे दावी गरेका छन् ।

सुरक्षाकर्मीहरूको उद्धार कार्य जारी रहेको छ । बाढीपीडितहरूलाई सुरक्षित स्थानतर्फ लगिँदै छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग एक बैठकको सिलसिलामा अमेरिका पुगेकी जर्मनीकी चान्सलर एंजेला मर्केलले यस विपदबाट गहिरो ठेस पुगेको बताएकी छिन् । उनले बाढीमा ज्यान गुमाउनेहरूप्रति पनि समवेदना प्रकट गरेकी छिन् ।

तपाईको प्रतिक्रिया