Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टाेकियाे – जापानमा बढ्दो कोरोनाभाइरस सङ्क्रमणका कारण दर्शकबिना नै ओलिम्पिक खेलहरू सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् । साथै ओलिम्पिक्स अवधिभरको निम्ति राजधानी टोक्योमा आपत्कालीन स्थिति लागु गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सङ्क्रामक भेरिअन्टहरू फैलिएका कारण आगामी सातादेखि उक्त नियम लाग्ने बताइएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले पत्रकारहरूसँग कुरा गर्दै आपतकालीन स्थिति १२ जुलाईदेखि २२ अगस्टसम्म लागु हुने बताए । बार तथा रेस्टुराँहरूलाई मदिरा बेच्न नदिइने र राति ८ बजे अगावै बन्द गरिनुपर्ने भनिएको छ ।

विदेशबाट दर्शक आउन यसअघि नै प्रतिबन्ध लगाइएको थियो । थप सङ्क्रामक डेल्टा भेरिअन्टले टोक्योमा सङ्क्रमण तेज गराएको र अहिले एकतिहाइ बिरामीलाई सोही भेरिअन्टले सङ्क्रमण भएको पाइएको छ । जापानमा महामारीकै बेला ओलिम्पिक गर्न लागेको भनेर देशभित्र व्यापक विरोध पनि भइरहेको छ ।

महामारीको मार
गत वर्ष नै हुनुपर्ने ओलिम्पिक महामारीकै कारण यो वर्ष सारिएको थियो । एप्रिल महिनादेखि जापानमा सङ्क्रमणको पछिल्लो लहर सुरु भएको हो ।

हालसम्म त्यहाँ सङ्क्रमितको चाप तुलनात्मक कम रहेको छ अनि मृत्युको सङ्ख्या करिब १४ हजार ९ सय रहेको छ । बुधवार देशभरिमा २१ सय ८० सङ्क्रमित थपिएकामा टोक्योमा तिनको सङ्ख्या ९२० थियो । ओलिम्पिक आयोजक समिति, सरकार अनि अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अध्यक्ष थोमस बाखमाझ भएको बैठकपश्चात् आपत्कालीन स्थिति लागु गर्ने घोषणा गरिएको थियो ।

सुरक्षित आयोजना
ओलिम्पिक प्रतियोगिताका खेलहरू टोक्योमा २३ जुलाईदेखि ८ अगस्टसम्म हुँदैछन् भने पारालिम्पिक प्रतियोगिता २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुँदैछन् ।

यसबिच टोक्यो गेम्सका आयोजकहरूसँगको भर्चुअल कुराकानीमा अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अध्यक्ष थोमस बाखले उनी प्रतियोगिता सुरक्षित रूपमा अघि बढ्नेमा ढुक्क रहेको बताए ।

उनले भने, ‘मलाई लाग्छ हामी सन्तुष्ट हुनसक्छौँ कि लागु गरिएका कडा नियमहरूले जापानी जनता र सहभागीहरूलाई सुरक्षित पार्नेछ ।’ आयोजकहरूले खेलको टिकट काटिसकेकाहरूसँग माफी मागेका छन् ।

तपाईको प्रतिक्रिया