शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं — फिलिपिन्समा हवाई सेनाको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या कम्तीमा ४५ पुगेको छ ।

९० जना भन्दा धेरै सवार रहेको विमानमा अधिकांश सैनिक थिए । विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको हो । पाँचजना अझै बेपत्ता छन् । घाइतेहरुको स्थानीय सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाका अनुसार अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटनामा परेको हो ।

रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिक रहेका छन् । तर जमिनमा रहेका तीन सर्वसाधारणको पनि मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

दुर्घटनामा परे लगत्तै विमानमा आगलागी भएको थियो । सी–१३० हर्कुलस विमानमा सैनिकसँगै पाँचवटा सैनिक सवारी साधन पनि थिए ।

तपाईको प्रतिक्रिया