शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – अमेरिकाले म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि दमन गरिएका कारण प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ ।

प्रतिबन्ध लगाइएकामा सात जना उच्च सैनिक अधिकृत र १५ जना उनीहरुको परिवारका सदस्य छन् । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो ।

त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर प्रदर्शन भइरहेको छ । प्रर्दशन दबाउन सुरक्षा फौजले चलाएको गोली लागि सयौंको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया