Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

भोजन जतिकै शरीरलाई निन्द्रा आवश्यक पर्दछ । निन्द्राले शरीरमा भएको दिनभरको थकान, तनाव तथा आलस्यतालाई कम गर्दछ । यसकालागि मानिस निदाउन आवश्यक छ । तर कति उमेरको मानिस कति निदाउने त ?

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआएएच)को तथ्य पत्रअनुसार व्यक्ति व्यक्तिमा निद्राको आवश्यकता फरक–फरक हुन सक्छ । यसकालागि निम्न सूचीले प्रष्ट्याउँछ ।

  • नवजात शिशुलाई १६-१८ घन्टा सुत्नु पर्दछ ।
  • स्कुल जानुअघिका बालबालिका ११-१२ घन्टा सुत्नु पर्दछ ।
  • स्कुल जाने उमेरका बालबालिका न्यूनतम १० घन्टा सुत्नु पर्दछ ।
  • किशोर उमेरमा व्यक्ति ९-१० घन्टा सुत्नु पर्दछ ।
  • र वयस्कसँगै पाको उमेरका व्यक्ति ७-८ घन्टा निदाउन आवश्यक छ ।

यदि राती अबेलासम्म सहज रुपमा निन्द्रा नपरे यसकालागि केही उपाय अपनाउन सकिन्छ ।

  • बढी मात्रामा पेय पदार्थको सेवन नगर्ने ।
  • चिया, चुरोट, खैनी लगायतको सबै अम्मल त्याग्ने ।
  • दिउँसो नसुत्ने, सुत्नैपरे टेबुलमा केही बेर आँखा चिम्म गरेर आराम मात्रै गर्ने ।
  • सुत्नुभन्दा ३ घन्टा पहिले नै खाना खाने ।
  • निद्रा नलागे ओछ्यानमा पल्टेर नबस्ने अन्य काममा ध्यान दिने ।
  • आफूलाई सहज हुने आसनमै पल्टिएर निदाउन खोज्ने ।
  • सम्भव भए सुत्नुअघि मनतातो पानीले नुहाउने ।
  • सुत्ने समयमा टेलिभिजन, ठुलो आवाजमा संगीत सुन्ने, पढ्ने काम नगर्ने ।
  • सुत्दा दिनभरको घटनाक्रम बिर्सने र अर्काे दिनबारे पनि नसोच्ने ।
  • सुत्ने र उठ्ने समय एकै र नियमित पार्ने ।
  • सुत्ने कोठा अँध्यारो र शान्त राख्ने ।
  • नियमित रूपमा व्यायाम गर्ने वा हिड्ने बानी बसाउने ।

एजेन्सीको सहयोगमा

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया