काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा १० हजार ५९६ नमुना परीक्षणमा यो परिमाणमा कोरोना संक्रमित थपिएका हुन् । यीमध्ये ६ हजार ५६६ को पिसिआर र ४ हजार ३० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घन्टामा ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ सय ४५१ जना कोरोनामुक्त भएका छन् ।