शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैँ – एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्‍याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन् । ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्‍याएको उनले बताएका हुन् ।

लीटनका मेयर ज्यान पोल्डरम्यानले पनि जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएको बताएका छन् । ‘लीटनको धेरै क्षेत्र बाँकी रहने छैन,’ उनले भने । ‘जताततै डढेलो लागेको छ ।’ पोल्डरम्यानले आफ्नो नगरलाई डढेलोले नराम्ररी प्रभावित गरेको बताएका हुन् ।यसअघि उनले डढेलो जम्मा १५ मिनेटमा पुरै गाउँमा फैलिएको र आफूहरूले मानिसहरूलाई अन्यत्र सार्न निर्देशन दिएको बताएका थिए । यो साता उक्त गाउँमा क्यानडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको बताए । पश्चिम क्यानडाको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ जुन अहिलेसम्मकै धेरै हो । सामान्य अवस्थामा औसत मृत्यु १६५ हुने गर्थ्यो ।

प्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको बताएकी छन् । विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो । त्यसरी ज्यान गुमाउने धेरैजसो हावा प्रवाहको राम्रो व्यवस्था नभएका घरमा एक्लै बस्नेहरू रहेको लपोइन्टीले बताइन् ।

तपाईको प्रतिक्रिया