काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा ११ हजार ७४८ नमुना परीक्षणमा यो परिमाणमा कोरोना संक्रमित थपिएका हुन् । यीमध्ये ७ हजार २ सय ५९ को पिसिआर र ४ हजार ४ सय ८९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घन्टामा २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३ सय ४८ जना कोरोनामुक्त भएका छन् ।