Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडाैं – भारतमा कोभिड-१९ संक्रमितको संख्या दैनिक चार लाखबाट ४० हजारमा झरेको छ । कोरोनाभाइरसको दोस्रो लहर चलेको १०२ दिनपछि ४० हजारभन्दा कम संक्रमित थपिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, केही दिनयता संक्रमितको संख्या ४० हजारभन्दा तल रहेको  छ। पछिल्लो २४ घण्टामा पनि ३७ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड तीन लाख १६ हजार ८९७ पुगेको छ । यसमध्ये तीन लाख ९७ हजार ६६८ जनाको मृत्यु भएको छ । त्यस्तै, दुई करोड ९३ लाख ६६ हजार ६०१ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतका कुनै पनि राज्यमा संक्रमितको संख्या १० हजार नाघेको छैन । सबैभन्दा बढी केरलमा आठ हजार ६३ जना संक्रमित थपिएका छन् । दोस्रो लहरको केन्द्र बनेको महाराष्ट्रमा पनि ६ हजार ७२७ जनामा संक्रमण देखिएको छ।   भारतमा झन्डै दुई महीनाअघि ६ मेमा एकै दिन चार लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता संक्रिमतकाे संख्या क्रमिक रूपमा घट्दै आएको छ ।

तपाईको प्रतिक्रिया