शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – जापानले ताइवानलाई बेलायती कम्पनी एस्ट्राजेनिकाले विकास गरेको कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । चीनसँगको सम्बन्ध तनावपूर्ण बनिरहेको जापानले ताइवानलाई १.२४ मिलियन डोज खोप उपलब्ध गराउने भएको हो ।

स्वशासित टापु ताइवानलाई चीनले दबाव दिन र अन्य मुलुकसँग सम्बन्ध विस्तार नगर्न चेतावनी दिइरहेको समयमा जापानले ताइवानलाई ठूलो सहयोग गर्न लागेको हो । यो खोप शुक्रवार विमानबाट ढुवानी गरिने स्रोतले जापानी समाचार एजेन्सी क्‍योदोलाई जानकारी दिएको छ ।

‘जुलाईमा घरेलु उत्पादन प्रणाली स्थापना नगरेसम्म ताइवानलाई खोप लिन अत्यन्त जरुरी छ’, विदेशमन्त्री तोशिमित्सु मोटेगीले यसअघि संसदमा भनेका थिए ।

क्याओदोले भनेको छ, ‘जुन मेदेखि कोरोना भाइरसका घटनाहरूमा एकाएक वृद्धि भएको छन् । ताइवानले चीनलाई कोभिड -१९ खोपहरू उपलब्ध गराउन आग्रह गरेको छ । चीनले ताइवानलाई आवश्यकजति खोप उपलब्ध गराएको छैन ।’

चीनले खोप उपलब्ध नगराएको अवस्थामा जापानले ताइवानलाई खोप पठाउन लागेको हो ।

तपाईको प्रतिक्रिया