Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले आवाजबाट नियन्त्रण गर्न सकिने नयाँ फास्ट चार्जिङ प्रविधि विकास गरेको छ । कम्पनीले हालै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एड्मिनिस्ट्रेसन (सीएनआईपीए) मा आफ्नो साउन्ड चार्जिङ प्रविधिका लागि पेटेन्ट दर्ता गराएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जसबाट यो प्रविधिका केही फिचर समेत थाहा पाउन सकिन्छ । साओमीले यस अघि नै हाइपर चार्ज प्रविधि बजारमा ल्याइसकेको छ । जसमा प्रयोगकर्ताले २०० वाट वायर्ड फास्टचार्जिङको सपोर्ट प्राप्त गर्न सक्छन् ।

साओमी नयाँ नयाँ प्रविधिको मामिलामा अन्य स्मार्टफोन निर्माता कम्पनीभन्दा निकै अगाडि छ । यसैक्रममा कम्पनीले वाई-फाई जस्तै चार्जिङ प्रविधि बनाइरहेको छ । जसमा तपाईंले एकसाथ थुप्रै डिभाइस चार्ज गर्न सक्नुहुनेछ ।

तर साओमी त्यसाबट एक कदम अगाडि बढेर साउन्ड चार्जिङ प्रविधि समेत ल्याउन अग्रसर भएको हो । यसमा प्रयोगकर्ताले अह्राएकै भरमा मोबाइल चार्ज हुन थाल्नेछ । आउँदो नयाँ वर्षमा साओमीले यो प्रविधि बजारमा ल्याउने बताइएको छ ।

साओमीको साउन्ड चार्जिङ प्रविधिको पेटेन्ट अनुसार यो इलेक्ट्रोनिक उपकरणले मेकानिकल भाइब्रेसनलाई अल्टरनेटिङ करेन्ट (एसी) मा परिवर्तन गरिदिन्छ । त्यसपछि कारण पावर कन्भर्जन उपकरणको सहयोगमा यसलाई डीसीमा बदल्न सकिन्छ ।

साओमीको अपकमिङ साउन्ड चार्जिङ प्रविधिमा स्मार्टफोनलाई पावर सर्किटमा नलगाएरै चार्ज गर्न सकिनेछ । यो निकै आधुनिक किसिमको चार्जिङ प्रविधि हुनेछ । यद्यपी आगामी दिनमा साओमीले यो प्रविधिलाई कत्तिको वास्तविक रुप दिन सक्छ, त्यो भने हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया