Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोभिड-१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ, यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ, ‘कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ, कोभिड-१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक-निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छुट/सहुलियत दिइनेछ ।’

कोभिड-१९ बाट प्रभावित व्यवसाय (जस्तै होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ । शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया