आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई परमाणु हतियार पाउन रोक्नु नै आफ्नो पहिलो मिसन भएको बताउनुभएको छ ।

सोमबार ट्वीट गर्दै प्रधानमन्त्री नेतान्याहूले आफ्नो अस्तित्वको सवाल भएका कारण इरानलाई परमाणु हतियार प्राप्त गर्न रोक्नु आफ्नो पहिलो मिसन भएको बताउनुभयो ।

उहाँले लेख्नुभएको छ, ‘इजरायलले इरानलाई परमाणु हतियार प्राप्त गर्न रोकिनेछ । कुनै पनि हालतमा सम्झौता होस् वा नहोस् हामी इरानलाई परमाणु हतियार पाउन रोक्नेछौं किनकी यो हाम्रो अस्तित्वको विषय हो । यो हाम्रो पहिलो मिसन हो ।’

सोही ट्वीटमार्फत उहाँले इजरायलको खुफिया एजेन्सी ‘मोसाद’को प्रमुखको जिम्मेवारी ५६ वर्षीय डेविड बार्नियालाई दिइएको जानकारी गराउनुभएको छ । साथै नेतान्याहूले अमेरिकालाई धन्यवाद दिँदै उसलाई आफ्नो विशेष मित्रसँगै आफ्नो राष्ट्रिय सुरक्षाको साझेदार भएकोब बताउनुभएको छ ।

एक सात अघि मात्र इजरायल र प्यालेस्टाइनस्थित हतियाधारी समूह हमासबीच ११ दिने संघर्ष चलेको थियो । जसबाट प्यालेस्टाइनका लगभग ३ सय मानिसको मृत्यु हुँदा इजरायलका १२ जनाको ज्यान गएको थियो । दुवै पक्षले जेठ ७ गतेदेखि युद्धविराम गर्ने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया