बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – चीनमा भएको १ सय किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी १६ जनाको मृत्यु भएको छ ।

प्रतियोगितामा १७२ जनाको सहभागिता थियो । प्रतियोगीमध्ये पाँच जना अझै बेपत्ता रहेको जनाइएको छ । सम्पर्कमा रहेका अरु प्रतियोगीको अवस्था भने सामान्य रहेको अधिकारीहरुले जनाएका छन् ।

चीनको गान्सु प्रान्तमा भएको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगितामा अचानक मौसम परिवर्तन हुँदा कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ । पर्यटकीय क्षेत्रका रुपमा चर्चित बैयिन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मौसम अचानक गडबड भएपछि घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरूलाई उद्धार गरेका थिए । घटनामा परी केही प्रतियोगीहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया