बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाण्डाै – इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ।

स्थानीय समय अनुसार दुई देशबीचको सहमतिपछि शुक्रबार बिहान २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको बिबिसीले जनाएको छ।

इजरायलको मन्त्रिपरिषद्ले युद्धविरामको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गरेका छन्।

मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ ।

इजरायलले मारिने मध्ये कम्तीमा १५० जना हमास लडाकु रहेको दाबी गरेको छ। तर हमासले अहिलेसम्म आफ्ना लडाकु कति मारिए भनेर कुनै तथ्यांक दिएको छैन।

इजरायलतर्फ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको बताइएकाे छ।

तपाईको प्रतिक्रिया