काठमाण्डाै – बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ७०.७ प्रतिशत वयस्कले खोपको पहिलो डोज लगाएका छन् । बिहीबारसम्म सार्वजनिक सरकारी तथ्याङ्कअनुसार कोरोना विरुद्धको पहिलो डोज लगाउनेको संख्या तीन करोड ७२ लाख ५० हजार ३६३ पुगेको छ ।
यसैगरी दुई करोड १२ लाख ३९ हजार ४१७ जना अर्थात् ४०.३ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन् । बेलायतमा हालसम्म पहिलो र दोस्रो दुवै गरी ५ करोड ८४ लाख ८९ हजार ८३४ डोज खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा एकसय जनामध्ये ८७ जनाले खोप लगाएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ८७४ जनामा संक्रमण पुष्टि स्वास्थ्य विभागले ले जानकारी दिएको छ ।
नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५५ हजार २२१ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ४० हजार रहेको छ भने ४२ लाख ८४ हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।