मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाण्डाै – कोरोना भाइरस संक्रमण रोकथाम गर्नुपर्ने समयमा पाकिस्तान सरकार भने भीभीआईपीहरुका लागि विमान खरीद गर्ने तयारीमा छ ।

कोरोना भाइरस माहामारीको समयमा पाकिस्तान सरकारले प्रधानमन्त्री तथा राष्ट्रपति लगायतका भीभीआईपी हरुका लागि विमान खरीद गर्न लागिपरेको छ । पाकिस्तानमा प्रधानमन्त्री, राष्ट्रपती जस्ता उच्च पदस्थहरुका लागि विमान खरिद गर्न बीस लाख अमेरिकी डलर बरारबर कोष छुट्याउन मन्त्रीमण्डलले स्वीकृती दिने तयारी रहेको छ ।

पाकिस्तानी सरकारको गोप्य दस्ताबेज चुहावट भई यो बिषय बाहिरिएको हो । पाकिस्तानमा सर्वसाधारणका लागि कोभिड १९ बिरुद्ध खोप लगाउन बेवास्था गर्दै सरकार भने विमान खरीदमा लागेको भन्दै आलोचना भएको छ ।

तपाईको प्रतिक्रिया