सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाण्डाै – अमेरिकाको कोलोराडोमा एक बन्दुकधारीले जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको छ ।

कोलोराडो स्प्रिङ्गसमा आइतबार जन्मदिनको पार्टी भइरहेको स्थानमा पुरुष बन्दुकधारीले ६ जनाको गोली हानी हत्या गरेर आफूलाई पनि गोली प्रहार गरेको अमेरिकी प्रहरीले जनाएको छ ।

मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका थिए । सोही बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

आक्रमणकारी गोलीकाण्डमा मारिएकी एक महिलाका प्रेमी रहेको कोलोराडो स्प्रिङ्ग्स प्रहरी विभागले जनाएको छ । ती व्यक्तिले घर भित्र पसे लगत्तै गोली चलाएको र ६ जनाको हत्या गरेपछि आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीको भनाई छ ।

आक्रमणका कारण भने खुलेको छैन । घटना हुँदा बालबालिका उपस्थित रहे पनि मारिने सबै वयश्कहरु छन् । ज्यान गुमाउन तथा आक्रमणकारीको पहिचान हालसम्म नखुलाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

घटना नेपाली समय अनुसार आइतबार मध्यरात १२ बजेतिर भएको हो।

तपाईको प्रतिक्रिया