सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – नेपालको सबैभन्दा पुरानो मित्र मुलुक बेलायतले नेपालमा कोभिड-१९ को महामारी बढेको भन्दै नेपाललाई आफ्नो मुलुकको ‘रेड जोन’मा राखेको छ । यससँगै बेलायतले नेपालबाट हुने यात्रामा प्रतिबन्ध लगाउने छ ।

नयाँ भेरियन्ट फैलियसँगै अधिकांश मुलुकले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउँदै आएका छन् । बेलायतले पनि नेपाललाई त्यही सूचीमा राख्‍दै यात्रामा प्रतिबन्ध लगाउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ नियन्त्रण भित्र नै रहेको बताइरहँदा नै अन्तराष्ट्रिय समुदायले यस्ता निर्णय आएका हुन् ।

बेलायतका यातायात मन्त्री ग्रान्ट शेप्सले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली मुलुकमा पछिल्लो समय नेपाल र माल्दिभ्सलाई ‘रेड जोन’मा राखेको जानकारी दिएका हुन् । उनले शनिबार नै एसिया र युरोपको ब्रिज भनेर चिनिने टर्कीलाई पनि रेड जोनमा राखेको जनाए ।

तपाईको प्रतिक्रिया