सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौ – इजरायलको अल अक्सा मस्जिदमा झडप हुँदा करिब १६३ प्यालेस्टाइन र ६ इजरायली प्रहरी घाइते भएका छन् । पछिल्लो केही दिनयताबाट जेरुसेलममा तनाब बढिरहेको छ ।

जमिनका लागि प्यालेस्टाइन र यहुदीहरूबीच विवाद बढिरहेको छ । जस कारणले गर्दा अल अक्स मस्जिदमा झडप भएको हो । अल अक्स मस्जिद पुरानो जेरुसेलम सहरमा रहेको छ । जसलाई मुसलमानहरू पवित्र स्थानमध्येको एक स्थान मान्ने गर्दछन् । मस्जिदमा पहिलेदेखि नै झडप भइरहन्थ्यो ।

शुक्रबार राति रमजानको अवसरमा हजारौँ मानिस जम्मा भएका थिए । त्यसपछि हिंसा सुरु भएको थियो । इजरायली प्रहरीले बेलुकीको नमाजपछि हजारौँ मानिसको झडप नियन्त्रण गर्नका लागि बल प्रयोग गरेको थियो । घाइतेहरूको उपचार भइरहेको इजरायली मिडियाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया