Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाण्डाै – कोरोना संक्रमणका करण हवाई उडानमा प्रतिबन्ध लगाएपछि कुवेतले गैरकानुनी रूपमा बसोबास गरेका नेपालीसहित विदेशी श्रमिकहरुलाई स्वदेश फर्किन दिएको समय एक महिना थप गरेको छ ।कुवेतले अवैध श्रमिकहरुलाई स्वदेश फर्किन पाउने समय मे १५ तारिखसम्म थपेको कुवेतका आन्तरिक मन्त्री शेख थामर अल अलीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसअघि अप्रिल १५ तारिखसम्म समय तोकिएको थियो ।

कुवेतमा बसोबास गर्न चाहने अवैध श्रमिकहरुले तोकिएको समयावधि अप्रिल १५ देखि मे १५ तारिख सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ । जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ ।

आफूलाई वैध बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।

कुवेत सरकारको यो निर्णयसँगै गैरकानूनी रुपमा बसेका नेपाली श्रमिकले पनि अबको एक महिना भित्रमा जरिवाना तिरेर वैधानिक हुने वा स्वदेश फर्किने अवसर पाउने छन् । त्यहाँ अझै पनि ठूलो सङ्ख्यामा बसेका गैरकानुनी रुपमा नेपाली श्रमिकहरु रहेको बताइन्छ ।

कुवेतले कोरोना महामारीको करण पटक-पटक जरिवाना तिरेर वैधानिक हुन वा स्वदेश फर्किने पाउने अवसर प्रदान गर्दै आएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया