Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाण्डाै – छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकपि्रय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ ।

एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांकअनुसार बितेको मार्च महिनामा एप्पलको एप स्टोर र गुगल प्ले स्टोरबाट गरी टिकटक ५ करोड ८० लाख पटक डाउनलोड भई नन गेमिङ एपतर्फ सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा रहेको छ ।

सर्वाधिक डाउनलोड हने नन गेमिङ एपको दोश्रो नम्बरमा फेसबुक रहेको छ । मार्च महिनामा फेसबुक एप विश्वमा ५ करोड ६० लाख पटक डाउनलोड भएको छ ।

फेसबुक मातहतकै अन्य एपहरु इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

मार्च महिनामा सर्वाधिक डाउनलोड हुने टपटेनमा रहेका अन्य एपहरुमा स्न्यापच्याट, जोश, जूम, टेलिग्राम र क्यापकट रहेका छन् ।

तथ्यांक अनुसार सबैभन्दा धेरै टिकटक इन्स्टल हुने देशको रुपमा चीन रहेको छ । मार्च महिनाको तथ्यांक अनुसार चीनको हिस्सा ११ प्रतिशत छ भने दोश्रो नम्बरमा १० प्रतिशतसहित अमेरिका छ । भारतमा भने टिकटक प्रतिबन्धित रहेको छ ।

उता मार्च महिनामा सबैभन्दा धेरै फेसबुक एप इन्स्टल हुनेमा भारत पहिलो नम्बरमा छ । मार्च महिनामा भएको फेसबुक एपको विश्वव्यापी डाउनलोडमध्ये २५ प्रतिशत हिस्सा भारतको छ । दोश्रो स्थानमा रहेको अमेरिकाको ८ प्रतिशत रहेको छ ।

एप स्टोर र गुगल प्ले स्टोरमा गरी समग्रमा सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा टिकटक रहेको भए पनि गुगल प्ले स्टोरबाट मात्रै सबैभन्दा धेरै डाउनलोड हुने एपको पहिलो नम्बरमा चाहिँ फेसबुक रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया