Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

मस्को – कोरोनाभाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ । जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष सार्वजनिक गरेको हो । खोपको विकास गरेको संस्थाले गत अक्टोबरदेखि यसको परीक्षण गरिरहेको थियो । उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेका थिए ।

परीक्षणले यो खोप जनावरहरूका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन् । ‘यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ,’ एक स्वास्थ्य अधिकारीले भने ।

सबै जनावरलाई लगाउने गरी आगामी अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने अधिकारीहरूको भनाइ छ । त्यसपछि अरू देशहरूलाई पनि आवश्यकतानुसार खोप उपलब्ध गराउन सकिने उनीहरूले बताएका छन् । खोपको विकास रुसको सङ्घीय पशु स्वास्थ्य केन्द्रले गरेको हो ।

तपाईको प्रतिक्रिया