टोकियो – १०१ वर्षको उमेरमा १५ सय मिटर पौडेर नयाँ रेर्कड राखेकी जापानकी मिएको नागाओकाको निधन भएको छ । उनको १०६ वर्षको उमेरमा श्वाससम्बन्धी समस्याका कारण गत १९ तारिख यामागुचीको अस्पतालमा मृत्यु भएको हो ।
उनले ८२ वर्षको उमेरमा पौडन सिकेकी थिइन । उनलाई एक पटक घुडामा चोट लागेको थियो । उक्त चोट ठिक भएपनि व्यायाम गर्न डाक्टरले दिएको सल्लाह अनुसार उनले बुढेसकालमा पौडन सिकिन् । त्यस पछि जापान र विदेशमा विभिन्न पौडी प्रतियोगितामा भाग लिएर एक पछि अर्को विश्व कीर्तिमान बनाएकी छिन् । उनले २० भन्दा बढी विश्व रेकर्ड बनाइकी छिन् ।
८४ वर्षको उमेरमा देखि उनले पुदी प्रतियोगिताहरुमा भाग लिन सुरु गरेकी हुन् । यसरी उनले हरेक प्रतियोगितामा भाग लिदै जाँदा २००२ मा भने कास्य पदक नै जितिन् । क्रमश उनले तीन सिल्वर मेडल जितिन् । ९० वर्षको उमेरमा ८ सय मिटर फ्रीस्टाइलमा पौडिएर नेशनल रेकर्ड बनाइन् । ९५ वर्षको उमेरमा ५० मिटर पौडिएर विश्वको रेकर्ड राखेकी थिइन । २०१५ मा १०० वर्ष माथिको उमेरमा उनले १५ सय मिटर पौडेर संसारलाई चकित परेकी थिइन । त्यस्तै सन् २०१९ मा १०५ वर्षको उमेरमा FINA द्वारा आधिकारिक रूपमा आयोजित राष्ट्रिय प्रतियोगितामा भाग लिएर सबैभन्दा बढी उमेरको सहभागीको रेकर्ड राखेकी थिइन ।