Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

टोकियो – कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने अपेक्षा गरिएको अमेरिकी कम्पनी मोडर्नाले जापानमा आफ्नो भ्याक्सिनको क्लिनिकल परीक्षण आजदेखि सुरु गरेको घोषणा गरेको छ ।

कम्पनीले २० वर्ष माथिका २०० जना जापानीहरुलाई मोडर्ना खोप प्रयोग गर्ने र यसको प्रभावकारिता र सुरक्षाबारे समीक्षा गर्ने बताएको छ
। परीक्षण पछि कम्पनीले जापान स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयमा स्वीकृतिका लागि आवेदन दिनेछ ।

जापान सरकारले अमेरिकी बायोटेक फर्म मोडर्नाबाट दुई करोड मानिसको लागि पुग्ने खोप ल्याउने सहमति गरेको छ ।

अमेरिकाको खाद्य तथा औषधीसम्बन्धी प्रशासनिक निकाय (एफडीए)ले मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ ।

विभिन्न देशमा अहिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । अहिलेसम्म मोडर्ना, फाइजर, एस्ट्राजेनेका भ्याक्सिनले आपत्कालीन अवस्थामा प्रयोग गर्ने अनुमति पाइसकेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया