Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

Photo: PAKUTASO

टोकियो – जापानको जन्मदरमा लामो समयदेखि गिरावट आएको छ । जापानमा संसारकै कममध्ये जन्मदर छ जसलाई बढाउन दशकौँदेखि सरकार सङ्घर्षरत छ । सन् २०१९ मा जापानमा प्रजननदर १२ वर्षयताकै सबैभन्दा कम थियो । झन् अहिले कोरोनाभाइरसका कारण आर्थिक सङ्घर्ष गर्नुपर्ने अवस्थाले विवाह गरेर परिवार बनाउने निर्णय गर्नु गाह्रो बनाएको छ ।

जापानी दम्पतीहरू परिवार विस्तार गर्ने कुरामा सतर्क छन् । उनीहरु पूर्ण रूपमा आर्थिक स्थिरता निश्चित नभई बच्चा जन्माउन नचाहने गर्दछन् । महामारीको यो समयमा काम र आय सुरक्षा नहुँदा जापानका नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ ।

संसार कै सबैभन्दा बढी जनसंख्या भएको शहर टोकियोमा जन्मदर २०२० मा पनि व्यापक कमी देखिएको छ । यसका साथै अप्रिल देखि अक्टोबर बीचमा टोकियोमा गर्भवती हुनेहरूको संख्या केवल ६० हजार रेकर्ड भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले घटेको संख्या हो । सन् २०२० को तथ्यांकले जनसंख्या वृद्धि नकारात्मक हुने देखिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

यसै कारण राजधानीमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप आर्थिक सहायता प्रदान गर्ने नीति अघि सारिने भएको छ । योजनामा बच्चा जन्माउने अभिभावकलाई एक लाख येन उपलब्ध गराउने व्यवस्था रहने छ ।

यो प्रस्ताव फेब्रुअरीमा टोकियो महानगर सभाको बैठकमा पेश गर्ने कार्यक्रम छ, र यदि स्वीकृत भएमा आउँदो वसन्तदेखि लागू गरिने लक्ष्य राखिएको जानकारी छ ।

धेरै एशियाली मुलुकले प्रजननदरमा यस्तै समस्याको सामना गर्दै आएका छन् र कोरोनाभाइरस महामारीका बेला यो समस्या झन् दयनीय हुन सक्ने बताइन्छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया