Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्याउने उदेश्य अनुरुप काम गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । ‍अक्टोवर, २०२१ मा गरिने उक्त सम्मेलनमा विश्वका बिभिन्न मुलुकबाट पचास र नेपाली पचास लेखक कविसहित करिव सय जना सर्जकको सहभागिता रहने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सम्मेलनका लागि अनेसास केन्द्रीय कार्यसमितिको बैठकले साहित्यकार एलबी क्षेत्रीलाई संयोजक तोकेको छ । साहित्यकार क्षेत्री अनेसासका सल्लाहकार पनि हुन् । यसैगरी बैठकले अनेसास नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीलाई सदस्य सचिव चयन गरेको छ ।

सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । कवि गोष्ठी, प्यानल डिस्कसन, कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा विदेशी लेखकलाई नेपालका पर्यटकीय स्थलको भ्रमण गराइने छ । सम्मेलनलाई सफल पार्न मूल आयोजक समिति र विभिन्न तयारी उपसमितिहरू गठन गर्ने कार्य भइरहेको छ ।

सम्मेलन अनेसासको देखेको सपना मध्यको एक भएको बताउछन् अनेसास अध्यक्ष प्रकाश पौडेल माइला । उनी भन्छन् -‘नेपाली भाषा साहित्यका अतिरिक्त कला र संस्कृतिलाई समेतलाई अन्तर्राष्ट्रिय जगतसँग परिचित गराउने यो हाम्रो एक अभियान हो । धेरै अगाडिदेखिको अनेसासको सपना अव छिट्टै पूर हुने विश्वास छ ।’

तपाईको प्रतिक्रिया