Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – खेलाडीले कति उमेरसम्म सक्रिय रुपमा खेल्ला? फुटबल, क्रिकेटलगायतका खेलमा हेर्ने हो भने ३५ ? ४० ? या ४२ ? यो भन्दा माथि गए अपवादका रुपमा जान सक्ला । अझ ढल्कँदो उमेरमा शीर्षलिगमा कायम रहनु चानचुने कुरा होइन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर जापानी शीर्ष लिगमा योकोहामा फुटबल क्लबसँग भर्खरै करार गरेका काजुयसी मिओरा ५४ वर्षका भए । जापानमा ‘किङ कजु’ भनेर चिनिने मिओर यही फेब्रुअरीबाट ५४ वर्ष लाग्दैछन् । अर्थात सन् २०२१ को जे लिगको सिजन सुरु हुनु अगावै उनी ५४ वर्ष पुग्नेछन् ।

जापानी लिगको यो सिजनसँगै उनले लिगमा आफ्नो ३६ औं सिजन पुरा गर्नेछन् । त्यस्तै सन् २००५ मा योकोहामासँगै करार गरेका उनको यो क्लबसँगको करार १७ वर्ष पुग्नेछ । अघिल्लो सिजन गोल ४ खेल खेलेर गोल गर्न भने नसकेका उनले यो सिजन गोल गर्दै जे लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बन्न चाहेको बताएका छन् ।

जे लिगमा उनी पछिको धेरै उमेरको खेलाडीको कीर्तिमान मसासी नाकायमाको नाममा छ । उनले सन् २०१२ मा कोन्साडोल साप्पोरोबाट ४५ वर्षको उमेरमा खेलेका थिए । ‘मेरो फुटबल प्रतिको आकांक्षा र जोस बढिनै रहेको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा उनको भनाइलाई उदृत गर्दै भनिएको छ ।

सन् १८८६ मा ब्राजिलियन क्लब सान्तोसबाट करियर सुरुवात गरेमा उनले सन् २०१७ मा दोस्रो डिभिजनमा थेस्पाकुसात्सु गुन्माविरुद्ध गोल गर्दै जापानी प्रोफेसनल लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बनेका थिए । त्यस्तै उनले इटालियन सिरी ए मा जिओनाबाट खेलिसकेका छन् । उनले जापानका लागि ८९ खेलमा ५५ गोल गरेका छन् । सन् १९९० मा जापानका लागि डेब्यु गरेका उनले सन् १९९८ को विश्वकपमा देशलाई पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए ।

यद्यपि विश्वकपमा भने उनले अवसर पाउन सकेनन् । सन् २०१९ मा योकोहामालाई शीर्ष लिगमा बढुवा गराउनका लागि सहयोग गरेका उनले सन् २०२० को सिजनमा भने चार पटकमात्र अवसर पाएका थिए । ‘ब्यक्तिगत रुपमा भन्ने हो भने यो चित्त बुझाउन सकिने सिजन थिएन, तर पनि फुटबल प्रतिको चाह भने अझै बढेर गएको छ,’ उनले भनेका छन्, ‘हरेक दिन म कडा मेहेनत गरेर धेरै भन्दा धेरै खेल खेल्दै म टिमको यो सिजनमा विजयका लागि योगदान दिन चाहन्छु ।’ उनी ६० वर्षको उमेरसम्म सन्यास नलिने योजनामा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया