Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १७, २०८१
Thursday, January 30, 2025

टोकियो – हरेक वर्षको दोस्रो सोमबार जापानमा वयस्क दिवसका रुपमा मनाईन्छ । यसलाई जापानी भाषामा सेइजिन नो हि (成人の日) भनिन्छ । २० वर्ष उमेर पुगेका जापानी युवायुवतीहरुले सोमबार वयस्क दिवस मनाएका छन् । यद्यपि धेरै कार्यक्रमहरू भने कोरोनाभाइरसको डरले रद्द गरिएका थिए ।

गत डिसेम्बर मसान्तसम्ममा २० वर्ष उमेर पुगेका वा आगामी मार्च मसान्तसम्म पुग्ने युवा युवतीहरुले यो पर्व जापानमा विशेषरुपले मनाईन्छ ।

जापानमा २० वर्ष उमेर पुगेकाहरुलाई वयस्क मानिन्छ त्यसपछि मात्र उनीहरु कानूनतः मद्यपान तथा ध्रुमपान गर्न पाउँछन् अन्यथा वर्जित मानिन्छ । यसका साथै २० वर्ष उमेर पुगेपछि उनीहरु आफुखुशी विवाह गर्न योग्य मानिनुका साथै आफ्नो खुट्टामा आफै उभिन सकून् भनेर बाबुआमाबाट अलग्गै बसेर आफ्नो नयाँ जीवन सुरु गर्ने चलन जापानमा छ ।

२० वर्ष मुनि बिबाह गर्न परेमा भने बाबुआमाको सहमतिमा युवती १६ वर्ष र युवा १८ बर्षको उमेर हद तोकिएको छ । यद्यपि जापानमा मताधिकारको प्रावधान भने १८ वर्ष उमेर पुगेकालाई वालिग मानिन्छ ।

 

 

 

Photo : Issei Kato/Reuters

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया