टोकियो – देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । शनिबार जापानभर थप ७,७९० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । योसँगै देशभरमा कुल कोरोना संक्रमितको संख्या २८३,३८५ पुगेको छ ।
पुष्टि भएका संक्रमित मध्ये २१८,०२८ जना निको भइसकेका छन् भने ८२७ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी शनिबार जापानमा ५९ जना संक्रमितको निधन भएको छ ।
राजधानी टोकियोमा मात्रै शनिबार २,२६८ जनामा नयाँ पुष्टी भएको छ । यो विवरणसँगै टोकियोमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको व्यक्तिको संख्या ७३,४५० पुगेको छ ।