Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – टोकियोमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो छ। एकै दिन दुई हजार भन्दा बढी संक्रमित भेटिन थालेको छ । आज राजधानीमा कोरोनाभाइरसका २,३९२ जना संक्रमित थपिएका छन् ।

संक्रमितको तथ्यांकलाई केलाउने हो भने युवा उमेर समूहमा संक्रमण बढी देखिएको छ ।

तथ्यांक अनुसार १० वर्ष उमेर सम्मका ४६ जना संक्रमित छन् । त्यस्तै १४१ जना किशोर किशोरी संक्रमित छन् । २० देखि ३० वर्ष उमेरका ७३१ जना संक्रमित छन् । ३१ देखि ४० वर्षका ५३६ जना छन् । ४१ देखि ५० वर्षका ३४० जना, ५१ देखि ६० वर्षका २९८ जना, ६१ देखि ७० वर्षका १४३ जना, ७१ देखि ८० वर्षका ४२ जना, ८१ देखि ९० वर्षका ४२ जना, ९१ देखि १०० वर्षका १९ जना र १०० वर्ष माथिका १ जनामा मात्र कोरोना देखिएको छ ।

हालसम्म टोकियोमा ७१ ह्जार १८२ जना भाइरसबाट संक्रमित भएको छन् ।

आज टोकियोमा सात संक्रमितको निधन भएको छ । उक्त संख्यासँगै टोकियोमा कोभिड १९ बाट मृत्यु हुने ६७४ पुगेको छ ।

हाल १२९ जना संक्रमितको अवस्था गम्भीर रहेको महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया