आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेड्रोस अधनोम घेब्रेसियसले आइतबार, कोरोना भाइरस संकट अन्तिम महामारी नहुने र मानव स्वास्थ्यमा सुधारको प्रयास, जलवायु परिवर्तन र पशु कल्याणको चुनौतीको सामना गर्न भएको प्रयास व्यर्थ भएको बताएका छन् ।

घेब्रेसियसले पहिलो “अन्तराष्ट्रिय महामारी तयारी” दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै यस महामारीमा धेरै पैसा खर्च भएको तर आउँदो महामारीको सामना गर्न कोहि तयार नभएको कारण विश्वको देशहरुको आलोचना गरेका छन् ।

डब्ल्युएचओका महानिर्देशकले कोरोना महामारी सबैको लागि एउटा सिक्ने मौका रहेको बताएका छन् । उनले भने, “धेरै समयदेखि विश्व एउटा आतंक र अवहेलनाको एक चक्रमा फसेको छ । हामी एउटा प्रकोपमा पैसा खर्च गरिरहेका छौं र जब यो सकिनेछ तब अर्को महामारीको बारेमा मानिसले बिर्सिनेछन् र त्यसलाई रोक्नको लागि केहि पनि गर्दैनन् । यो निकै खतरनाकरुपमा अदूरदर्शी र बुझ्न कठिन छ ।”

स्वास्थ्य तयारीको लागि विश्वव्यापी निरीक्षण बोर्डले सेप्टेम्बर २०१९ पहिलो रिपोर्ट प्रकाशित भएको थियो । त्यसको केहि महिना पछि कोरोना महामारी फैलियो र उक्त रिपोर्टमा विश्वलाई भविष्यमा आउने संभावित विनाशकारी महामारीको लागी तयार नरहेको बताइएको थियो ।

पछिल्लो वर्ष, डिसेम्बरमा चीनबाट फैलिएको फैलिएको कोरोना भाइरसले अहिले सम्म १७ लाख ६४ हजार भन्दा अधिक मानिसको मृत्यु भइसकेको छ । टेड्रोस भन्छन्, “पछिल्लो १२ महिनामा हाम्रो संसार उल्टो भएको छ र महामारीको प्रभाव समाज र अर्थव्यवस्थामा देखिएको छ ।”

तपाईको प्रतिक्रिया