Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – भारतमा भएको २१औँ विश्व पावर लिफ्टिङमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी कर्णाली प्रदेश सुर्खेतकी चेली श्रुति कार्कीले दुई स्वर्णपदक जितेकी छन् । भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले ५५ केजी तौल समूहमा स्वर्णपदक जितेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोमबार भएको फाइनलमा नेपालले ३ स्वर्ण र एक रजत जितेको छ । मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म सञ्चालन भएको पावर लिफ्टिङ वर्ल्र्ड कप–२०२० मा नेपालका तर्फबाट सहभागिता जनाउने श्रुति एक्ली महिला हुन् । श्रुतिसँगै नेपालका हसन गुरुङ र आशिष आलेमगरले एक–एक स्वर्ण जितेका छन् । राजेश सुवालले एक रजत पदक जितेका छन् । ओभरहलमा श्रुतिले व्यक्तिगततर्फ थप एक स्वर्ण जितेकी छन् ।

सुर्खेतको वीरेन्द्रनगर–६ निवासी श्रुतिले कर्णाली खेलकुदको क्षेत्रमा पनि पछि भन्नेका स्वर्णपदक जितेर देखाएकी सुर्खेत जिल्ला फुटबल संघको उपाध्यक्ष प्रमोद हमालले बताए । ‘कार्कीले कर्णालीबाट नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपाल र कर्णालीलाई चिनाएकी छन्,’ हमालले भने, ‘सरकारले यस्ता प्रतिभाको आत्मबल बढाउनका लागि पनि उचित सम्मान गर्नुपर्छ ।’

कर्णालीमा खेलकुद पूर्वाधार र संरचना कमजोर हुँदाहुँदै पनि खेलाडीले अन्तर्राष्ट्रिय पदक जितिरहेको अवस्थामा पूर्वाधार निर्माण भएको अवस्थामा यहाँको खेलकुद अन्य प्रदेशभन्दा राम्रो हुने उनको भनाइ छ । कार्कीसहित नेपाली खेलाडीको हौसला बढाउन एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरी, सहसचिव एवं म्यानेजर प्रशिक्षक केदारमान स्थापित सहभागी थिए । प्रतियोगितामा सहभागी हुन श्रुति मंसिर १७ गते भारत गएकी थिइन् । श्रुति पर्सि (२५ गते) नेपाल फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया