काठमाडौं – सन् २०१७ अर्थात् आजभन्दा ३ वर्ष अगाडि बलिउड अभिनेत्री अनुष्का शर्मा र चर्चित क्रिकेटर विराट कोहलीले विवाह गरेका थिए । हाल कोरोना प्रकोपबीच अनुष्का गर्भवती भएकी छिन् ।
विराट र अनुष्का दुवैले आफूहरु आगामी जनवरीमा आमाबुबा बन्ने विषय सार्वजनिक गरिसकेका छन् । गर्भवती हुँदा महिलाले शारीरिक व्यायाम गर्नुपर्छ । यसरी आमा र बच्चा दुवै स्वस्थ हुने चिकित्सकहरु बताउँछन् ।
हालै अनुष्काले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरेकी छिन् । जहाँ उनलाई उनका श्रीमान विराट कोहलीले व्यायाम गर्न सघाइरहेको देख्न सकिन्छ । इन्स्टा क्याप्सनमा अनुष्काले आफूले अनलाईन आफ्ना योगा गुरुबाट व्यायाम गर्न सिकिरहेको र श्रीमानले अभ्यासमा सहयोग पुर्याएको उल्लेख गरेकी छिन् ।
डाक्टरले जस्तो शारीरिक व्यायाम गर्दा पनि शरीरमा असर नगर्ने बताएपछि उनले आफूले अप्ठेरो योग व्यायाम गरेको उनले बताएकी छिन् । तस्बिरमा उनले श्रीसासन गरेको देखिन्छ । –एजेन्सी