Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं –  नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मेन्स एशोसिएट प्लेअर अफ द डिकेड (दशककै एशोसिएट पुरुष खेलाडी) अवार्डको मनोनयनमा परेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आईसीसीको मेन्स एसोसिएट प्लेअर अफ द डिकेडमा तीन देशका ६ खेलाडी परेका छन् । मनोनयनमा नेपालका पारस खड्कासँगै स्कटल्याण्डका रिचे बेरिङ्टन, केल कोटजेर र क्यालम म्याकलियोड, नेदरल्याडका पिटर बोरेन र पपुवा न्यु गिनीका असद भाला छन् ।

पारस खड्काको कप्तानीमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दै एक दिवसीयको पनि मान्यता पाएको थियो । मनोनयनमा परेकालाई आईसीसीको साइटमा गएर भोट गर्न सकिनेछ । आईसीसीकै मेन्स प्लेअर अफ द डिकेड, वुमन्स प्लेअर अफ द डिकेड, मेन्स टेस्ट प्लेअर अफ द डिकेड, मेन्स ओडीआई प्लेअर अफ द डिकेड, वुमन्स ओडीआई प्लेअर अफ द डिकेड सार्वजनिक भएको छ ।

साथै मेन्स टी-२० प्लेअर अफ द डिकेड वुमन्स टी-२० प्लेअर अफ द डिकेड, वुमन्स एशोसिएट प्लेअर अफ द डिकेड र स्प्रिट अफ क्रिकेट अवार्ड अफ द डिकेडको पनि मनोनयन सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया