Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – अनेसास जापानको लक्ष्मी जयन्ती विशेष सहित ५५ औं नियमित साहित्य श्रृंखला तथा वार्षिक साधारणसभा र तेस्रो जापानव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा कार्यक्रम सहित नोभेम्बर आईतबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्व र अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, सल्लाहकार, आजीवन सदस्य, कार्यसमिति परिवार, कविता प्रतियोगिताका निर्णायक तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

अनेसास जापान सीटी एक्सप्रेस साहित्य पुरस्कारका लागि आह्वान गरिएको कविता प्रतियोगिताको नतिजा घोषणा गर्दै निर्णायक समिति संयोजक सुरेन्द्र अस्तफलले कार्यक्रम तथा कविताहरुका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । निर्णायक समितिकै सदस्य रहनुभएका केशव सिग्देलले पनि आफ्ना विचारहरु कार्यक्रममा राख्नुभएको थियो । निर्णायक समितिकै सदस्य मोमीला जोशी कार्यक्रममा उपस्थित हुन असमर्थ रहेतापनि आफ्नो सन्देश सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अमरदेव बास्तोलाको कविता ‘छोरीको चिठी’, सयपत्री थुलुङको कविता ‘गाउँ फर्किरहेको परदेसी’ र विनोद आचार्यको कविता ‘सिक्का’ उत्कृष्ट ३ भित्र पर्दै अनेसास जापान सीटी एक्सप्रेश साहित्य पुरस्कारबाट पुरस्कृत हुन सफल भएका थिए ।
पुरस्कारको प्रायोजक रहेको सिटी एक्सप्रेश मनी ट्रान्सफर टोक्यो,जापानका प्रमुख तथा एनआरएनए आईसिसि कोषाध्यक्ष महेशकुमार श्रेष्ठले विजेताहरुलाई बधाई दिदै आफ्नो धारणा राख्नुभएको थियो ।
विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा जापानस्थित सम्पूर्ण संघ-संस्थाको प्रतिनिधित्व गर्दै एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीज्यूले आतिथ्यता ग्रहण गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि माइलाले सफल कार्यक्रमका लागि धन्यवाद,विजेताहरुलाई बधाई ज्ञापन गर्दै कार्यक्रमका विविध पक्षमाथी आफ्ना धारणा राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष हेमन्त गिरीको स्वागत मन्तव्य, सदस्य वैकुण्ठ भट्टको प्राविधिक संयोजन रहेको उक्त कार्यक्रम महासचिव रविन शर्माले संचालन गर्दै संस्थाको वार्षिक साधारण सभा समेत रहेकाले वार्षिक प्रतिवेदन सुनाउनुभएको थियो ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापतिले कार्यक्रम समापन गर्नुभएको थियो।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया