काठमाडौं – नेपाल र बङ्गलादेशबीच भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग २-० ले पराजित भएको छ । ढाकास्थित बङ्बन्धु राष्ट्रिय फुटबल मैदानमा शुक्रबार भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन नबिद जीवन र महबुब उररहमानले १-१ गोल गरे ।
खेलको १० औं मिनेटमै जीवनले बङ्गलादेशलाई अग्रता दिलाएका थिए । उनले महम्मद साद्दउदिनको क्रस पासलाई वान टचमै जाली चुमाएका थिए । खेलको ७९ औं मिनेटमा रहमानले बङ्गलादेशको अग्रतालाई दोब्बर बनाए । उनले वन भर्सेस वानमा गोल गरेका हुन् ।
आजको खेलमा नेपाली युवा डिफेन्डर विकास खवासले बंगलादेशविरुद्ध डेब्यु गरेका छन् । त्यस्तै एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२ औं मिनेटमा डेब्यु गरे । विकासले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यु गर्ने अवसर पाएका हुन् । उनी नेपाल आर्मीका मुख्य खेलाडी पनि हुन् ।
बंगलादेशविरुद्ध नेपाली टिमको कप्तानी गोलरक्षक किरण चेम्जोङले गरेका छन् । दोस्रो मैत्रीपूर्ण खेल १७ नोभेम्बरमा यही मैदानमा हुनेछ ।