काठमाडौं – सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौट खेलअन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टना र पाराग्वेले बराबरी खेलेका छन् ।
अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । दुवै गोल पहिलो हाफमा भएका थिए ।
खेलमा सुरुवाती अग्रता पाराग्वेले लिएको थियो । २१औं मिनेटमा एन्जेल रोमेरोले पेनाल्टीमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए ।
४१औं मिनेटमा अर्जेन्टिनाका निकोलस गोन्जालेजले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ कै बराबरीमा सकियो ।
बराबरीपछि ३ खेलबाट ७ अंक जोडेको अर्जेन्टिना अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ भने समान खेलबाट ५ अंक जोडेको पाराग्वे चौथो स्थानमा रहेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, कार्तिक २८, २०७७
प्रकाशित समय: १२:१५:२८