टोकियो – फाइजर कम्पनीले कोरोना भाइरसविरुद्धको खोप तयार गरेको खबर बाहिरिएसँगै जापानमा बुधबार सेयर मार्केट लगातार सातौ दिन बढेर सन् १९९१ पछि २९ वर्ष यता कैउच्च बिन्दुमा उक्लिएको छ । बुधबार यहाँको सेयर बजार २५ हजार तिन सय ४९ दशमलब ६० पुगेको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमै धक्का लागेसँगै लगानीकर्ताको मनोबल समेत कमजोर बनिरहेको थियो । यस्तो अवस्थामा एकाएक आशा जगाउने निकै भरपर्दो समाचार सार्वजनिक भएसँगै जापान एयरलाइन्स कम्पनीको सेयरमा पनि वृद्धि भएको छ ।यसअघि यो कम्पनीको सेयर मार्केटमा त्यति राम्रो थिएन ।
त्यस्तै जापानिज सेयर लगानीकर्ताहरू विश्व प्रसिद्ध कार उत्पादक टोयोटामा आकर्षित भएको जापानका आर्थिक अनुसन्धानकर्ता क्रिस वेस्टनले बताएका छन् ।
जापान लगायत कतिपय देशको सेयर बजार परिसूचक बढ्नुमा जो बाइडेन अमेरिकी राष्टपतिमा निर्वाचित भएसँगै राजनीतिक स्थिरताको आशा पनि एउटा कारण रहेको बताए पनि विश्वका सबै सेयर बजारमा उछाल आउनु पछाडिको कारण भने खोप नै रहेको दाबी गरिएको छ।