काठमाडौं– नेपाली स्पीनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स फाइलनमा मुम्बई इण्डियन्ससंग पाँच विकेटले पराजित भएको छ। दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको पाँचौं पटक उपाधि जितेको हो। योसंगै दिल्लीको मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने सपना चकनाचुर भएको छ। पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बई इन्डियन्ससंग चारपटक लगातार हार ब्यहोनुपरयो।
खेलमा १५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ ब्लमा ६८ रन बनाउँदा इशान किशनले अविजित ३३, क्विन्टन डि ककले २० र सूर्यकुमार यादवले १९ रन बनाएका थिए । बलिङतर्फ एनरिच नोर्टजेले दुई विकेट लिन सफल भए। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएसंगै मुम्बईलाई मध्यम लक्ष्य पेश गरेको थियो।
दिल्लीले सन्दीपलाई एक खेलमा पनि मौका नदिएपछि उनी नखेलेरै घर फर्किने भएका छन्।***