Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – पृथ्वीमा वातावरणीय संकटको क्षण नजिकिँदै गएकाबारे वैज्ञानिकहरुले धेरैपटक चेतावनी दिइसकेका छन् । वैज्ञानिकका अनुसार हामीले दैनिक जीवनमा जानेर नजानेर अधिकतम मात्रामा कार्बन उत्सर्जन गरिरहेका हुन्छौँ । कार्बन एक प्रकारको ग्रिन हाउस ग्यास हो जसको जलवायु परिवर्तन गराउनमा मुख्य भुमिका हुन्छ ।

विश्वव्यापी कार्बन उत्सर्जनमा हाम्रो खानाले पनि ठूलो प्रभाव पारिरहेको छ । यसमा जीवजन्तुमा आधारित खानेकुराले आधा भन्दा धेरै मिथेन उत्पादन हुन्छ जुन पनि ग्रिन हाउस ग्यासमै पर्दछ किनकी खानेकुराका लागि जीवजन्तु पाल्दा अधिकतम श्रोत साधन खर्चिनुपर्ने हुन्छ ।

२०१९ मा संयुक्त राष्ट्रका विज्ञहरुले प्रस्तुत गरेको रिपोर्टमा बोटबिरुवामा आधारित खानेकुरामा बढी जोड दिए जलवायु परिवर्तन विरुद्ध लड्न धेरै मद्दत मिल्न सक्ने बताइएको छ । यसमा प्रत्येक व्यक्तिले मासुजन्य खानामा केही कटौति गरेमा धेरै लाभ पुग्ने भनिएको हो । यसरी पृथ्वीका सबैले मासु र दुधजन्य पदार्थमा कटौति गरेमा खाद्य उत्पादनबाट हुने ग्यास उत्सर्जनलाई ४९ प्रतिशतले कम गर्न सकिने यसअघि युनिभर्सिटी अफ अक्सफोर्डको अध्ययनले पनि देखाएको हो ।

हालको कोरोनाभाइरस महामारीका कारण पनि मानिसहरुमा जनावर मासुको विकल्पबारे सचेतना बढेको छ।

यसैबीच वातावरणीय मैत्री र कृत्रिम बुद्धिमत्ता र अन्य अत्याधुनिक प्रविधि प्रयोग गरि बनाइएको जनावरको मासु कै जस्तो स्वाद भएको स्वस्थ बोटबिरुवामा आधारित मासुका उत्पादनले जापानमा ध्यान आकर्षित गर्दैछ ।

बोटमा आधारित मीट प्रोटीनलाई जनावरको मासु प्रोटीन विकल्प मानिन्छ जुन मुख्यतया सोयाबीन, गहुँ र मटर जस्ता सामग्रीबाट बनेको हुन्छ।

जापानको कोलोवाइड कम्पनी अन्तर्गतको प्रमुख फास्ट-फूड चेन “फ्रेशनेस बर्गर”ले अगष्टमा जनावरको मासुको सट्टा सोयाबीनले बनेको प्याटी प्रस्तुत गर्दै गुड बर्गर बजारमा ल्याएको थियो ।

फ्रेशनेस बर्गरले सुरुमा टोकियो महानगर क्षेत्रमा जनावरको मासु कै जस्तै स्वाद र बनावट भएको बिरुवामा आधारित मासुको प्याटी सहितको बर्गर बेचेर अक्टोबरदेखि जापानभर सो बर्गर बेच्न थालेको छ ।

फ्रेशनेस बर्गरका एक कर्मचारीले यो बर्गर स्वास्थ्यप्रति सचेत महिला ग्राहकहरु बीच लोकप्रिय रहेको र अपेक्षा गरिएको भन्दा दोब्बर बिक्रि भइरहेको बताएकी छिन् ।

पशुपालनलाई ठूलो मात्रामा पानी र जमिनको आवश्यकता पर्ने हुनाले मासुको विकल्पमा प्लान्टमा आधारित मासुले सहयोग पुर्‍याउने आशा गरिएको छ ।

बिरुवामा आधारित मासुको लागि उपभोक्ता जागरूकता बढाउनु भनेको सस्तो मूल्यमा प्रोटिनको दिगो स्रोत हो जसले विश्वव्यापी प्लान्ट-आधारित प्रोटीन बजारलाई पनि बढावा दिन्छ।

तपाईको प्रतिक्रिया