Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – सेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चेल्सी प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई ४-१ ले पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिज्डमा भएको खेलमा सुरुवाती अग्रता भने सेफिल्ड युनाइटेडले लिएको थियो । खेलको नवौं मिनेटमा डेभिड म्याकगोल्ड्रिकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

२३औं मिनेटमा टमी अब्रहमले गोल गर्दै खेल बराबरीमा ल्याए । ३४औं मिनेटमा बेन चिलविलले गोल गरे । उनले हाकिम जियाचको पासमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । दोस्रो हाफमा थप दुई गोल गर्दा थिएगो सिल्भा र टिमो वेरनरले एक-एक गोल गरे ।

७७औं मिनेटमा जियाचको फ्रिकिकमा सिल्भाले हेडरमार्फत गोल गरेका थिए । सिल्भाको यो प्रिमियर लिगमा डेब्यु गोल हो । यसै सिजन उनी फ्रिट्रान्सफर विन्डोजमा फ्रेन्च लिग वान क्लब पीएसजीबाट चेल्सी पुगेका थिए । त्यस्तै ८०औं मिनेटमा कान्टेको पासमा वेरनरले गोल गर्दै चेल्सीलाई ४-१ को जित दिलाए ।

यो जितसँगै चेल्सी आठ खेलबाट १५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले आठ खेल खेल्दा चारमा जित, तीन बराबरी र एक खेलमा हार व्यहोरेको छ । यता सेफिल्ड युनाइटेड भने आठ खेलमा जितविहीन हुँदै तालिकको पुछारमा छ ।

तपाईको प्रतिक्रिया