Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – इण्डियन प्रिमियर लिग अन्तर्गत समुह चरणका खेलहरु सकिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

योसँगै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ । गएराती सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको छ ।

मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको हैदरावादले १७.१ ओभरमा बिना कुनै विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मुम्बईमाथि १० विकेटको जित हासिल गर्दै सनराइजर्स हैदरावाद तेस्रो हुदै प्लेअफमा पुगेको हो ।

समग्रमा समुह चरणमा मुम्बई इण्डियन्सले १४ खेलमा ९ जितका साथ पहिलो भयो भने दिल्ली क्यापिटल्स १४ खेलमा ८ जितका साथ १६ अंकसहित दोस्रो भएको छ । त्यस्तै सनराइजर्स हैदरावादको ७ जितपछि १४ अंकसहित तेस्रो र रोयल च्यालेन्जर्स बैंगलोरको ७ जितपछि १४ अंकसहित चौथो भएको छ ।

यो सँगै कोलकोता नाइटराइडर्सको यस सिजनको आइपिएल यात्रा समाप्त भएको छ । हैदरावादले मुम्बईसँग हारेको भए मात्र कोलकोताको प्लेअफ यात्रा सुनिस्चित हुने अवस्था रहेकोमा हैदरावादले जितेसँगै समाप्त भएको हो । कोलकोताको पनि ७ जितपछि १४ अंक रहेको थियो तर रनरेटका कारण कोलकोता प्लेअफ खेल्न सकेन ।

तपाईको प्रतिक्रिया