काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । बुधवार सम्पन्न खेलमा बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७९ रन बनाएका थिए । उनले ४३ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरेर ७९ रन बनाए ।
त्यस्तौ इशान किशनले २५, क्वेंटन डिककले १८, हार्दिक पाण्डेयले १७, क्रुनाल पाण्डेयले १० रनको योगदान दिए । त्यस्तै सौरभ तिवारीले ५ र कप्तान केरन पोलार्डले अविजित ४ रन बनाए ।
बैंगलोरका बलर मोहमद सिराज र युजवेन्द्र चहलले २-२ विकेट लिए भने क्रिस मोरिसले एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ७४ रन बनाए । उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भएका थिए ।
त्यस्तै जोश फिलिपले ३३ रन बनाए भने एबी डिभिलीयर्सले १५, कप्तान विराट कोहलीले ८ रन बनाए ।
त्यस्तै शिभम दुबेले २, क्रिस मोरसीले ४ रन, गुरक्रीरात सिंहले अविजित १४ र वाशिंटन सुन्दरले अविजित १० रन बनाए ।
मुम्बईका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, केरन पोलार्ड र राहुल चहरले एक एक विकेट लिए ।
योजितपछि मुम्बई इण्डियन्सको प्लेअफमा पुग्ने निश्चित भएको छ । मुम्बईको १२ खेलमा ८ जितसहित १६ अंक भएको छ भने अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै हारपछि पनि बैंगलोर १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा नै रहेको छ । @