Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – नेपालबाट अस्ट्रेलिया, क्यानडा, जापान, इजरायल, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, खाडीका देश, युरोपका देश, अफ्रिकी मुलुक र मलेसियाले नेपाली नर्स लिन चासो देखाइरहेको श्रम मन्त्रालयले जनाएको छ ।

कतिपय देश सरकारीस्तरमै श्रम सम्झौता गरेर नेपाली नर्सलाई रोजगारीमा लिन प्रक्रिया अगाडि बढाएका छन् । इजरायलले नेपालबाट रोजगारीमा लिन सरकारीस्तरमा श्रम सम्झौता गरेको छ । १४ असोजमा इजरायल र नेपालले पहिलो चरणमा ५ सय स्वास्थ्य र कृषि क्षेत्रमा कामदार आपूर्ति गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतामा केयरगिभर र नर्सलाई प्रथामिकतामा राखिएको छ ।

इजरायल रोजगारीमा जाने केयरगिभर र नर्सले इजरायली भाषा हिब्रुसँगै अंग्रेजी भाषा भने अनिवार्य रूपमा सिक्नुपर्ने छ । इजरायलले सन् २०२१ बाट स्वास्थ्य क्षेत्रमा काम लिन सुरु गर्ने भएको छ ।

जापानले नेपालबाट वार्षिक ५ सय नर्स र केयरगिभरमा लिनका लागि गत वर्ष श्रम सम्झौता भएको थियो । यस्तै, २ वर्षअघि जापान सरकारले नेपालबाट रोजगारीमा नर्स र केयरगिभरका कामदार लिन श्रम सम्झौता गरेको थियो ।

जापानले नर्स र केयरगिभरमा कामदार लिन भाषा परिक्षा समेत लिएको थियो । २ चरणमा लिएका भाषा परिक्षामा कोही पनि उत्तीर्ण नगरेपछि पुनः कोरोनाका कारण भाषा परिक्षा स्थगित भएको हो ।

पहिल्लो समय नर्सिङ अध्ययन सकेका अधिकांश नर्सहरु देशभित्र काम पाएपनि सेवासुविधा राम्रो नपाएपछि वैदेशिक रोजगारीको अवसर खोजिरहेका छन् ।

नेपालमा हाल ९५ हजार नर्स र अन्य समग्र स्वास्थ्य क्षेत्र अध्ययन गरेर काउन्सिलमा दर्ता भएका छन् । जसमा ४५ हजारले मात्र रोजगारी पाएका छन् भने आधाभन्दा धेरै नर्सिङ अध्ययन सकेर बेरोजगार बसेका छन् ।

नर्सहरुलाई निजी अस्पतालले मासिक तलब १० देखि २२ हजार रुपैयाँसम्म मात्र तलब सुविधा दिएर हाल काम लगाउदै आएका छन् । सरकारले नर्सका हकमा २२ हजार ५ तलब तोकेको छ । तर, सरकारले तोकेका तबल निजी अस्पातलले नर्सले नपाउने गुनासो गर्दै आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया