Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्व स्टार खेलाडी वसन्त गौचनको पहलमा कोरोनाका कारण आर्थिक संकटमा रहेका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । जापानमा बस्दै आएका गौचनको पहलमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका अशक्त परिवार र श्रमिकहरुलाई सहयोग गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फुटबल प्रशिक्षकका रुपमा सक्रिय गौचनले उनकै सक्रियतामा रहेको नेपाएज संस्थाको तर्फबाट फुड बैंकमार्फत बुढानिलकण्ठमा सहयोग गरेका हुन् । वसन्त अध्यक्ष र प्रकाश तुलाचन उपाध्यक्ष रहेको नेपाल युथ सकर प्रोजेक्टमार्फत सहयोग उपलब्ध गराइएको हो ।

बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीका अनुसार फुड बैंकमार्फत अशक्त ६३ परिवार र श्रमिक ६५ सहित कुल १ सय ३५ परिवारलाई खाद्यान्य सहयोग गरिएको हो । बुढानीलकण्ठ नगर वडा-५ मा दैनिक मजदुरी गर्ने श्रमिक र वडा-४ शारीरिक अशक्त भएकाहरुलाई खाद्य सामग्री वितरण गरिएको हो ।

खाद्यान्न चामल, तेल, दाल, नुन, मस्यौरा, चाउचाउ लगायत सामग्री छन् । एक परिवारलाई एक सातासम्म पुग्ने गरि सामग्री वितरण गरिएको हो । सहयोग वितरणमा परिवर्तनको लागि जोडिएका हातहरु र बुढानीलकण्ठ युवा समाजको सहकार्य गरेको थियो ।

तपाईको प्रतिक्रिया