Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – भियतनाममा प्रहरीले प्रयोग भइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कण्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको बीबीसीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कण्डम देशको दक्षिणी प्रान्त बिन्ह दुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार कण्डमले भरिएका यी ब्यागहरुको वजन ३ सय ६० किलो छ ।

प्रहरी छापाका क्रममा पक्राउ परेकी एक महिला कर्मचारीकाअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यो, त्यसपछि सुकाइन्थ्यो ।

महिलाका अनुसार त्यसपछि उक्त कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यो । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यो ।

टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो कण्डम बनाउँथिन्, त्यहीअनुसार पैसा आउँथ्यो ।

स्थानीयका अनुसार होटल र पसलहरुमा यी कण्डमको बिक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार कण्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नष्ट गर्नुपर्ने हुन्छ । -बीबीसी

तपाईको प्रतिक्रिया