काठमाडौं – कोरोनासम्बन्धी गरिएको विभिन्न अनुसन्धानले शरीरमा कोरोना भाइरस प्रवेश गर्नका लागि आँखा पनि एउटा महत्वपूर्ण बाटो भएको बताएका छन् । मेडिकल जर्नल अफ भाइरोलोजीमा प्रकाशित अनुसन्धानले कोरोना भाइरस शरीरमा पुग्नका लागि आँखा एक महत्वपूर्ण तरिका भएको बताइएको छ । चीनको शुझाउ झेंगडू अस्पतालका अनुसन्धानकर्ताहरु दिनमा ८ घण्टाभन्दा बढी चश्मा लगाउने मानिसलाई कोरोना भाइरसको संक्रमण कम हुने सम्भावना भएको बताउँछन् ।
यसकारण हुन सक्छ आँखाबाट संक्रमण
अनुसन्धानकर्ताहरुका अनुसार हावामा रहेको कोरोना भाइरसको कणहरू नाकबाट शरीरमा पुग्छ । नाक तथा आँखामा समान प्रकारको झिल्ली हुने भएकाले यो सजिलै म्यूकस मेम्ब्रेनमा पुग्न सक्छ र सजिलै संक्रमण हुन सक्छ । त्यसकारण आँखामा कुनै प्रकारको संक्रमण भयो भने सतर्क अपनाउनु होला ।
२७६ व्यक्तिमा अनुसन्धान
यसको बारेमा चिनियाँ अनुसन्धानहरूले २७६ जनामा अनुसन्धान गरेका थिए । अनुसन्धानले चश्मा लगाएको मानिसभन्दा नलगाएकोमा कोरोना भाइरसको संक्रमणको जोखिम बढी हुने पत्ता लगाएको थियो । अनुसन्धानको क्रममा १६ जनाले मात्र चश्मा लगाएका थिए । त्यसैले अनुसन्धानकर्ताहरु यो महामारीको बेला चश्मा लगाएर यसको प्रत्यक्ष संक्रमणको जोखिमलाई कम गर्न सुझाव दिन्छन् ।
चश्माले गर्छ तपाईंको रक्षा
यदि तपाईंले चश्मा लगाउनुहुन्छ यसले तपाईंको जोखिमलाई रक्षा कवचको रूपमा काम गर्दछ, र संक्रमित ड्रपलान्टहरूलाई आँखामा पुग्नबाट रोक्दछ । त्यसकारण चारतिरबाट आँखालाई सुरक्षा गर्ने चश्मा लगाउन अनुसन्धानकर्ताहरु सुझाव दिन्छन् । अमेरिकाको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शन (सिडिसी)ले कोरोनाको उच्च जोखिम भएको क्षेत्रहरूमा चश्मा लगाउन आग्रह गरेको छ । उनीहरुले लेन्सको प्रयोगले पनि आँखाको सुरक्षा नगर्ने बताएका छन् ।