काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो अहिलेसम्म एकैदिन मृत्यु पुष्टि भएको अहिलेसम्मकै सर्वोच्च सङ्ख्या हो ।
यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला र ८० वर्षीय, ७९ वर्षीय र ७५ वर्षीय पुरुष रहेका छन् । यस्तै, मोरङका ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीका ८१ वर्षीया महिला र धनुषाका ६८ वर्षीया र ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय महिला र ८४ वर्षीय पुरुष, धादिङका ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।