Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – मानिसहरु आफ्नो परिवार, छोराछोरी वा पार्टनर भन्दा साथीहरुसँग समय बिताउँदा बढी खुसी हुने गरेको एउटा नयाँ रिसर्चले देखाएको छ । यसका लागि ४०० भन्दा बढी स्वयमसेवकहरुलाई सहभागी गराइ सबैभन्दा पछिल्लो समय उनीहरुले आफ्ना परिवार या साथीभाइहरुसँग अनुभव गरेका रमाइला खुसीका क्षणहरुबारे बताउन लगाइएको हो । जसपछि विशेषगरी पतिपत्नी वा आफ्नो पार्टनरसँग बिताएको समयलाई रमाइलो बताउनेहरुको सङ्ख्या अन्यको तुलनामा कम रहेको पाइएको हो ।

तीन समुहमा साथीको नाम सबैभन्दा बढी लिइएको थियो भने त्यसपछिको स्थान छोराछोरीले पाएका हुन् । तर अध्ययनकर्ताहरुका अनुसार यो विषय कुनै व्यक्ति वा सम्बन्धसँग भन्दा पनि हामीले तिनहरुलाई भेट्दा के गर्छौँ भन्ने कुराले सबै निर्धारित गर्ने गर्दछ ।

जस्तै कि यसमा प्रायः मानिसहरुले रमाइला गतिविधि साथीसँग मात्र गर्न भनेर बचाइ राख्ने गर्छन् । अर्कोतर्फ बालबालिका र परिवार या पार्टनरसँग हुँदा घरका काम लगायतमा बढी संलग्न हुनुपर्ने देखिन्छ । पतिपत्नी या पार्टनरसँग हुँदा सबैभन्दा बढी गरिने भनेकै खाने, कुरा गर्ने र आराम गर्ने हुन्छ । र साथीहरुसँग पनि हामीले त्यही नै गरिरहेका हुन्छौँ तर यसमा परिवारले साथीहरु भन्दा हाम्रो बढी समय लिने गर्दछन् । त्यसैले स्वभाविक रुपमा मान्छेले साथीसँग भन्दा आफ्नो पार्टनरसँग हुँदा घरायसी कामहरु बढी गर्ने गर्छन् ।

अध्ययनका प्रमुख, प्रोफेसर नथन हड्सनका अनुसार ६५ प्रतिशत मानिसहरुले साथीसँग गफ गरेरै समय बिताइरहेका हुन्छन् जबकी घरमा पार्टनरसँग चाहिँ २८ प्रतिशत समय मात्र कुरा गरेर बित्ने गर्दछ । तर यसको अर्थ पार्टनरसँग बिताएको समय रमाइलै हुँदैन भन्ने चाहिँ नभएको प्रोफेसर नथनले स्पष्ट पारे । उल्टै यस अध्ययनले दैनिक एउटै मान्छेसँग एकै किसिमको गतिविधि गर्दा पनि मानिसहरु प्राकृतिक रुपमै आफ्ना पार्टनरसँग खुसी हुने गरेको देखाएको उनी बताउँछन् ।

प्रोफेसर हड्सनका अनुसार समस्त रुपमा हेर्दा साथीसँग बिताएका क्षण सबैभन्दा रमाइलो लाग्ने गरेको निष्कर्ष निकाल्न सकिन्छ । त्यसैले अध्ययनका आधारमा उनले सबै वयश्कहरुलाई परिवार र बालबालिकासँग पनि सुखद क्षणहरुको बढी अनुभव गर्न प्रोत्साहन गरेका छन् । त्यसो गर्नुले नै व्यक्तिलाई मानसिक रुपमा स्वस्थ राख्न सक्ने उनले बताए । – डेलीमेलबाट

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया